कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
नेपाली कांग्रेका नेता डा.शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।
तीन साहित्यकारलाई मधुपर्क सम्मान
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औं वार्षिकोत्सव आज मनाइएको छ । सो अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ ।
भरतपुरमा भित्रिन्छ करिब १२ अर्ब विप्रेषण
चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध रकम हिनामिना गरेको आरोप
सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराईसहित चार जनाविरुद्ध चार लाख ६० हजार ४५५ रुपियाँ रकम हिनामिनाको आरोप लागेको छ ।
गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन् : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरू खुलेका बताउनुभएको छ ।
विद्यालयस्तरमा विश्व योग दिवस मनाइने
नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ ।
उफ् गर्मी
हिजो अपराह्न यो समाचार तयार पर्दासम्ममा नेपालगन्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगन्ज नेपालकै तातो ठाउँका रूपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो ।
गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ ।
सिथी नखःमा गरियो पानीको मुहान सरसफाइ (फोटो फिचर)
नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति पौडेल जेनेभामा
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक : कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत संहार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।
‘लु लाई बेवास्ता गर्दा ज्यानसमेत जान सक्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।
विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर
नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।
उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।
ब्रह्मायणी नदीमा झोलुङ्गे पुल निर्माण
ब्रह्मायणी नदीस्थित माथ्लो ढाँडे आले देउराली झोलुङ्गे पुल निर्माण गरिएको छ । नवनिर्माण पुलको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले उद्घाटन गर्नुभएको छ ।
बोधिचित्त कटानमा संलग्न मानबहादुर पुर्पक्षका लागि थुनामा
काभ्रेपलाञ्चोक जिल्ला अदालतले बोधिचित्तको रुख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक माला व्यापारीलाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले सोमबार थुकछेक बहसका क्रममा बोधिचित्तको रुख कटानको आरोपमा पक्राउ परेका माला व्यापारी सिजन भनिने मानबहादुर तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने
काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मेलामा पाइएनन् दक्ष जनशक्ति
सरकारले देशभरि श्रमाधान रोजगार मेला सञ्चालन गरेको छ । सातै वटा प्रदेशमा विभिन्न समयमा आयोजना भएको मेलामा रोजगारदाताले रोजगारी दिने र सिप नभएकालाई तालिम पनि दिने गरेका छन् । यसले थोरै भए पनि रोजगारी समस्या समाधान गर्नुका साथै बिदेसिने सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ तर मङ्गलबारदेखि ललितपुरको पाटन क्याम्पसमा सुरु भएको मेलामा रोजगारदाताले खोजेका जनशक्ति नपाएको खबर प्राप्त भएको छ ।
निलम्बित न्यायाधीश गिरीलाई सात वर्ष कैद
जिल्ला अदालत काठमाडौँले वैवाहिक बलात्कार मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय निर्धारण गरेको छ । निलम्बित न्यायाधीश गिरीलाई जेठ १३ गते अदालतले दोषी ठहर गरेको थियो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । कसुर ठहर गरेकै इजलासले सजाय निर्धारण गर्ने व्यवस्थाबमोजिम भुसालकै इजलासले सोमबार सजाय तोकेको हो ।
भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।
सप्तपाताल पोखरीको पुनर्निर्माण
ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्व राख्ने सो पोखरीको अस्तित्व मेट्ने गरी विभिन्न संस्थाले भौतिक पूर्वाधारका कार्य अगाडि बढाएपछि विरोध भएको थियो । त्यस क्रममा यो विषय अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि सप्तपाताल पोखरी संरक्षण गर्न बाटो खुला भएको थियो । सप्तपाताल पोखरी पुनर्निर्माण समितिका अध्यक्ष पूर्ण स्थापितले छिट्टै पुरानै अवस्थामा पोखरीलाई देख्न पाइने बताउनुभयो ।
पारिवारिक निजी वनको अध्यक्षमा पुनः गिरी सर्वसम्मत
पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पुनः जोगराज गिरीलाई सर्वसम्मत चयन गरेको छ । सोमबारदेखि सुरुभएको महाधिवेशन मंगलबार सम्पन्न भएको हो ।
पालिका अध्यक्ष स्याङ्तानको घरमा आगलागी
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको घरमा आगलागी भएको छ । पालिका अध्यक्ष स्याङ्तानको मकवानपुरगढी गाउँपालिका ३ धमिलेस्थित घरमा मङ्गलबार आगलागी भएको हो ।