करोडौँको सामान चोर्ने दुई पक्राउ
पोखरा महानगरपालिका वडा नम्बर १७ घारी पाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी अभियोगमा पक्राउ परेका दुई जनालाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
जिरीताल निर्माण अन्योलमा
बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरीतालको निर्माण अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो ।
खेलकुदमा बालबालिकाको सक्रियता कम
हिन्दीमा पुरानो भनाइ छ– पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब । अर्थात् पढ्यौ लेख्यौ भने राजा बन्छौँ, खेल्यौ कुद्यौ भने खराब बन्छौ । यो भनाइ अब गलत साबित भइसकेको छ । विभिन्न अध्ययनले बालबालिकाका लागि दैनिक खेलकुद अनिवार्य रहेको देखाएको छ ।
बेथानचोकमा भेटियो ऐतिहासिक किल्ला
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले ऐतिहासिक गढी किल्लाको खोज गरी संरक्षणको प्रयास थालेको छ । बेथानचोक–५ स्थित कपेरमहाङ्कालगढीमा मकवानपुरका सेन वंशी राजाका सेना र गोर्खाली सेनाबिच पटक पटक युद्ध भएको बताइन्छ । अङ्ग्रेजलाई उपत्यका प्रवेशमा रोक्ने अग्रकिल्लाका रूपमा सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई सुदृढ गरिएको थियो । त्यसको प्रतिरक्षा किल्लाका रूपमा कपेरमहाङ्कालगढीलाई सुदृढ गरिएको इतिहासकारले बताउनुभएको छ । बेथानचोक गाउँपालिका, संस्कृति तथा पुरातìव अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित अन्तर्क्रियामा इतिहासकार प्राडा दिनेशराज पन्तले काठमाडौँ उपत्यकामा मध्यकालदेखि नै पटक पटक पूर्वबाट आक्रमण हुने गरेको र पूर्वपट्टिको कपेरमहाङ्कालगढी वास्तवमै रणनीतिक महत्वको रहेको बताउनुभयो ।
राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधन हुँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्ने भएको छ । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव सवनव शिवाकोटीले बताउनुभयो । रासायनिक मल वितरणका लागि कृषि मन्त्रालयले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । निर्देशिका अनुसार मल आयात र बिक्रीवितरण भइरहेको थियो । संशोधनका लागि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिले संशोधनका लागि कार्य गरिरहेको उहाँले बताउनुभयो ।
‘श्रमको खोजीमा रहेका युवाका लागि रोजगार मेला कोसेढुङ्गा’
बागमती प्रदेशमा दुई दिन (२९ र ३० गते) सम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको जानकारी दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशमा दुई दिनसम्म चल्ने श्रमाधान रोजगारी मेलाबारे जानकारी गराउने उद्देश्यले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी दिइएको हो ।
एघार विद्यालयका २३६ सटरमा ताला
काठमाडौँ महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयको भवन वा जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने भएको छ । सटर तथा टहरा भाडामा लगाएका विद्यालयलाई भाडा सम्झौता रद्द गर्न वा अन्य कुनै तरिकाबाट व्यवसाय हटाउन महानगरपालिकाले पटक पटक अनुरोध गरेको थियो। आफ्नो निर्देशनलाई अटेरी गरेपछि महानगरपालिका आफैँले विद्यालयको सटर तथा टहरामा ताला लगाउन थालेको छ ।
राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै
खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै छ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।
जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले संसदमा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
एसइईको नतिजा असार दोस्रो साताभित्र
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको दुई दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्रता र सामाजिक सदभाव जोगाउन राजनीतिक स्थिरता आवश्यक छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सदभावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले कानुनी संरचनागत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री महासेठ
बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।
विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।
राष्ट्रिय समावेशी आयोगको कार्य परिणाममुखी बनाउन निर्देशन
राष्ट्रिय समावेशी आयोगले अहिलेसम्म गरेका काम परिणाममुखी नभएकामा सांसदहरूले प्रश्न उठाउनुभएको छ ।
१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ ।
सभामुखसँग नर्वेजियन राजदूतको भेट
सभामुख देवराज घिमिरेसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबिचको सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ ।
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा असार ४ गते सुनुवाइ
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा रुपन्देही जिल्ला अदालतमा दायर भएको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि.सं.२०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो
राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १४ जनाविरुद्ध १४ लाख ५१ हजार ५५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।