महानगर प्रमुख महर्जनद्वारा गोरखापत्रको फोटो प्रदर्शनी अवलोकन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सानैदेखि गोरखापत्र पढ्दैआएको र अहिलेसम्म पढ्ने नसा न उत्रेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा प्रदर्शनीका लागि ऐतिहासिक तस्बिरको अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बढ्यो गर्मी, उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस
पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ। आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ।
संस्थान कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्न छलफल
गोरखापत्र संस्थानमा अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा समेट्ने विषयमा अनौपचारिक छलफल भएको छ ।
भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ ।
त्रिभुवन विमानस्थलबाट सुनसहित चार जना पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।
धादिङको घाटबेशीबाट हराएका दुई बालकमध्ये एक जनाको शव फेला
धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ घाटबेशीबाट हराएका दुई बालकमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।
गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमा : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
किन ओझेलमा पर्यो दलित इतिहास ?
हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास ।
‘कानुन सङ्कायको पाठ्यक्रम परिमार्जन गनुपर्ने’
कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ ।
उपत्यकामा आठ लाख सवारीचालक कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख सवारीचालकलाई कारबाही गरेको छ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित दिउँसो त्यता प्रस्थान गर्नुभएको हो ।
बढ्दै छन् थाइराइड क्यान्सरका बिरामी
पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।
विद्यालयमा 'पुलिस शिक्षक'को व्यवस्था
सिन्धुली जिल्लामा अपराधिक घट्ना न्यूनीकरणका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा ‘पुलिस शिक्षक’ को व्यवस्था गर्न सुरु गरिएको छ।
प्राधिकरणलाई विद्युत स्वामित्व हस्तान्तरण
सामुदायिक स्तरबाट वितरण गरिएको विद्युतको स्वामित्व हस्तान्तरण गरिएको छ ।
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
८० प्रतिशत बालबालिकालाई 'आईपिभी' खोप
सिन्धुली जिल्लामा पोलियो रोग विरुद्धको आईपिभी खोप लक्ष्यभन्दा कम अर्थात् ८० प्रतिशत बालबालिकाले लगाएका छन् ।
सुनको मूल्य तोलामा चार हजारले घट्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
अस्पताल र प्रतिष्ठानबिच विवाद बढ्दै
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् ।
प्रतिनिधि सभा बैठक दुई दिनलाई स्थगित
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ: प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ ।
आजको मौसमः हुरीबतासको चेतावनी
हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।
एक सय बिस औद्योगिक ग्राम घोषणा
मुलुकभर १२० औद्योगिक ग्राम घोषणा भएका छन् । आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सबै स्थानीय तहमा ग्राम स्थापना गर्ने लक्ष्य रहे पनि चालुु आवको फागुनसम्म १२० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । स्थानीय स्रोतको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना, विकास र प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् । चालु आव २०८०/८१ मा मात्र १५ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा भएका छन् । थप छ वटा औद्योगिक ग्राम घोषणाको प्रस्ताव मन्त्रीपरिषद्मा पुगे पनि स्वीकृत भएका छैनन् । औद्योगिक ग्राम घोषणा गरेका स्थानीय तहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानसमेत पठाउँदै आएको छ ।