• १३ साउन २०८१, आइतबार

सुनको मूल्य तोलामा चार हजारले घट्यो

blog

काठमाडौँ,  जेठ२७ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु. चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु. एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु. एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु. एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु. ७५ ले घटेको छ । शुक्रबार तोलामा रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय २५ निर्धारण भएको छ । रासस