उत्कृष्ट स्थानीय तह, प्रधानाध्यापक र विद्यालय पुरस्कृत
विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका स्थानीय तह, सामुदायिक विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकको छाता संस्था प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) को शनिबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।
‘केही दिनमै ट्रायल परीक्षा
निर्देशिकाविपरीत सञ्चालन भएका काठमाडौँ उपत्यकाका सवारीचालक प्रशिक्षण केन्द्र केही दिनमै सञ्चालनमा आउने भएका छन् । त्यस्ता ट्रायल सेन्टरको निर्माण निर्देशिका अनुसार भएपछि सञ्चालनमा आउने जनाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले ट्रायल सेन्टर निर्देशिका अनुसार सञ्चालन गर्न बागमती प्रदेश सरकार र उपत्यका ट्राफिक प्रहरीलाई पत्र पठाएपछि जेठ ३ देखि ट्रायल परीक्षा स्थगित थियो ।
निगरानीपछि बढ्यो पशुपतिको भेटी
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।
राष्ट्रिय परिचयपत्र थप सेवासँग जोडिने
राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने थप सेवा प्रणालीसँग जोड्न लागिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाउन, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न, बैङ्क खाता खोल्न, स्वास्थ्य बिमा खोल्न, स्थायी खाता नम्बर लिन, जग्गा जमिनको खरिद बिक्रीलगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र सङ्ख्या (नम्बर) पेस गर्नुपर्ने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
भेटियो गुराँसको दुर्लभ प्रजाति
उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको सङ्ख्या निकै कम रहेको छ । केही वर्षदेखि नै आफूले त्यस्तो गुराँस फुलिरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष निनोद लामाले जानकारी दिनुभयो ।
संगीत उद्यमी सूर्यलाई सम्मान प्रदान
लोकप्रिय संगीत उद्यमी सूर्यबहादुर मगरले अमेरिकाको दक्षिण डकोटस्थित ‘ब्रोकफिल्ड अन्तर्राष्ट्रिय विश्वविद्यालय’बाट मानार्थ पिएचडी सम्मान प्राप्त गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सो सम्मानसहितको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
नेपालको विकास गरी युवा फर्काउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु कामको खोजीमा विदेश गए पनि नेपाललाई बनाएर पुनः नेपाल फर्काइने बताउनुभएको छ । नेपालको विकास गरेर युवा जनशक्तिलाई यही रोजगारी सुनिश्चित गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’
प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धको जिम्मा निजी कम्पनीलाई दिन सकिन्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने धारणा राख्नुभएको छ ।
पर्यटन प्रवर्द्धन गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीदेखि वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक पदमार्गमा शनिबार पञ्चेबाजासहित पदयात्रा सम्पन्न भएको छ ।
अङ्ग्रेजी अनुवादका पुस्तक बढी बिक्री
जिल्लाका विद्यालयमा यस शैक्षिकसत्रमा अङ्ग्रेजी अनुवादका पुस्तक बढी खपत भएका छन् । जनकशिक्षा सामग्री केन्द्रबाट प्रकाशित विशेष गरी गणित, विज्ञान र स्वास्थ्यका नेपाली भाषाका किताबभन्दा अङ्ग्रेजीमा अनुवाद गरिएका किताब बढी खपत भएका हुन् ।
‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलियाका बिरामी पहिचानमा समस्या
प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण सञ्चालन नआउँदा हिमोफिलियाका बिरामी पहिचान गर्न समस्या भएको छ ।
एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
पत्रकार महासङ्घ भक्तपुरको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । प्रेस युनियन, भक्तपुरको बहिष्कारका बिच पनि शाखाको अधिवेशन सम्पन्न भएको हो ।
कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको आरोप
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।
पढाइसँग दुना टपरीदेखि टनेल बनाउनेसम्म
पहिले–पहिले शुक्रबार आधा समय पढाइ हुने भनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने गर्दथ्यो । विद्यार्थी कम हुने मात्र हैन विद्यालयमा आएका विद्यार्थी पनि पढाइ सकिने बित्तिकै घरतिर दौडने प्रवृत्ति रहेको थियो ।
टुँडिखेलमा साकेला रौनक (फोटो फिचर)
उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष जेठ १० गते उभौली परेको थियो।
एमाले काठमाडौँको जिल्ला अधिवेशन सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को काठमाडौँ जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उदघाटन गर्नुभएको हो ।
सरकार मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ ।
मकवानपुरमा मानव कङ्काल फेला
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कङ्काल (अस्थिपञ्जर) फेला परेको छ । स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको कङ्काल फेला परेको हो ।
तत्काल एमालेसँग एकताको सम्भावना देखिएन: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार
काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
जिल्लामै पहिलो पटक बहु विशेषज्ञ शिविर सञ्चालन
सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिको आयोजना तथा एभरेस्ट अस्पताल काठमाडौँको सहकार्यमा जिल्लामै पहिलो पटक आयोजना भएको दुई दिने बहु विशेषज्ञ शिविर सञ्चालनमा आएको छ ।