• १४ मंसिर २०८१, शुक्रबार

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको आरोप

blog

तस्बिर:रासस

मनहरी (मकवानपुर), जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गर्नुभएको छ । 

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेन्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो । नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको  समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ भन्नुभयो । 

“अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ”, उहाँले भन्नुभयो । समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उहाँले सङ्घीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस