• १२ साउन २०८१, शनिबार

जिल्लामै पहिलो पटक बहु विशेषज्ञ शिविर सञ्चालन

blog

उपचारका लागि लाइन लागेका बिरामीहरु । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, जेठ २६ गते । 
सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिको आयोजना तथा एभरेस्ट अस्पताल काठमाडौँको सहकार्यमा जिल्लामै पहिलो पटक आयोजना भएको दुई दिने बहु विशेषज्ञ शिविर सञ्चालनमा आएको छ ।

आर्थिक अभावले अन्यत्र गएर उपचार गर्न नसक्ने वर्गलाई लक्षित गरी सञ्चालन गरिएको यो शिविरबाट शनिबार अपराह्नसम्म ३६२ जनाले सेवा लिइसकेका अस्पताल प्रमुख डा. विनोद दङगालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा मुटु, प्रेसर, सुगर थाइराइड, मोटोपना, छाला, हाडजोर्नी, मानसिक, स्त्री रोग, पित्त, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, दम, ज्वरो, टाउको दुखेको र सामान्य सामान्य शल्यक्रिया समेत भएको छ ।

शिविरमा एभरेस्ट अस्पताल काठमाडौँका मुटु रोग विशेषज्ञ, इन्डोक्राइनोलोलिस्ट, छाला रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र जनरल पिजिसियन समेत विशेषज्ञ १७ जनासहित २४ जनाको टोली र अस्पतालका चिकित्सकसहित प्राविधिकले सेवा प्रदान गरेका छन् ।

शिविरमा टिकट र परामर्श सेवा निःशुल्क र अन्य सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको अस्पताल प्रमुख डा.दङगालले जानकारी दिनुभयो ।

अस्पतालले इन्डोस्कोपी, मुटुको भिडियो एकसरे, ट्रमा युनिट, फङसन टेस्ट, जटिलखाले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।