• १२ साउन २०८१, शनिबार

८० प्रतिशत बालबालिकालाई 'आईपिभी' खोप

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ २७ गते । सिन्धुली जिल्लामा पोलियो रोग विरुद्धको आईपिभी खोप लक्ष्यभन्दा कम अर्थात् ८० प्रतिशत बालबालिकाले लगाएका छन् ।

जिल्लामा पोलियो रोगविरुद्धको आईपिभी खोप अभियान अन्तर्गत जेठ २० गतेदेखि २५ गतेसम्म १५ हजार ८४० जना बालबालिकालाइ उक्त खोप लगाउने लक्ष्य थियो । तर सो अवधिमा १२ हजार ५९८ अर्थात ८० प्रतिशत बालबालिकाले उक्त खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाका नौ वटै पालिकामा एकै पटक उक्त खोप अभियान सञ्चालन गरिएको र पोलियो रोगविरुद्धको खोप लगाउने बालबालिका पनि कम छुटेकाले लक्ष्य अनुसारको प्रगती हुन नसकेको पाईएको कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालबालिकालाई ६५८ वटा खोप केन्द्रबाट खोप लगाइएको थियो ।

खोप लगाउनका लागि जिल्लामा एक हजार ३१६ जना स्वास्थ्यकर्मी र स्वयंमसेवकलाई परिचालन गरिएको पनि उहाँले बताउनुभयो । विगतमा आईपिभी खोप लगाउन छुटेको कारण पोलियो रोगको जोखिममा रहेका बालबालिकालाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप लगाइएको हो ।

राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई ६५८ वटा खोप केन्द्रबाट खोप लगाएको कार्यालयले जनाएको छ ।

जिल्लाका नौ वटा पालिकामध्ये सबैभन्दा धेरै कमलामाई नगरपालिकामा तीन हजार २१६ जना र सबैभन्दा कम घ्याङलेख गाउFपालिकामा ५६१ जना बालबालिकाले उक्त खोप लगाएका छन् । दुधौली नगरपालिकामा दुई हजार ९०९ जना बालबालिकाले उक्त खोप लगाएको कार्यालयले जनाएको छ ।