ऊर्जा सुरक्षा, सुलभता एवम् दिगोपनाको लागि जलविद्युत र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड
जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युतमा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत उत्पादनलाई जोड दिनुपर्ने एक अध्ययनले देखाएको छ ।
खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयको आवश्यकता देखिएन : सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवम् सांसद ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।
लगानी बोर्ड तत्काल खारेज गर्न सांसद सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।
गर्मी बढेपछि विद्यालय बन्द
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो ।
२० लाखको लागतमा सिमलटार खेलमैदान निर्माण
हेटौँडा उपमहानगरपालिका –११ स्थित सिमलटारमा फुटबल खेल मैदान निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयको १० र वडा ११ को कार्यालयको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।
‘भोटेलहरा’ संरक्षण गरिँदै
दुर्लभ वनस्पति ‘भोटेलहरा’ को मकवानपुरमा संरक्षण थालिएको छ । साइटिस सूचीकृत वनस्पति भोटेलहराका बिरुवा उत्पादन गरेर पुनः सामुदायिक वनहरूमा रोप्न थालिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिनुभयो ।
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ ।
कलङ्की–चाबहिल चक्रपथ चाँडो निर्माणको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री पुग्ने
हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मनाइयो सिथि नखः मध्यपुरमा खट जात्रा
वर्षायाम सुरुसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन पानीका परम्परागत स्रोतको सरसफाइ गरी बुधबार सिथि नखः पर्व मनाएको छ । नेवार समुदायले मनाउने यो पर्व वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ । यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने बताइन्छ । सिथि नखः का दिन पानीका मुहान, इनार, कुवा र घरटोल वरपर सरसफाइ गरिन्छ । भाषा तथा संस्कृतिविद् गणेशराम लाछीका अनुसार सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने गर्छ । यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।
श्रमाधान रोजगार मेला सम्पन्न, तालिम र परामर्श दिनेको वर्चस्व
बागमती प्रदेशको ललितपुरमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा तालिम र परामर्श दिने संस्थाको वर्चस्व रहेको छ । रोजगार मेलामा सिधै रोजगारी पाइने आसले आएकाहरू निराश भए । अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका अधिकांश निरास भएर फर्किएका छन् । मेलामा रोजगारीभन्दा पनि सिप, तालिम र परामर्श दिने संस्था भएकाले रोजगारी खोज्न आएकाहरू निरास भएका हुन् । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा मङ्गलबार र बुधबार चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएको पाइयो ।
सेजमा एकाउन्न उद्योग सञ्चालनमा
भैरहवा विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा १० अर्बभन्दा बढी लगानीमा ५१ वटा उद्योग सञ्चालनमा आएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार भैरहवा विशेष आर्थिक क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म चार अर्ब ७२ करोड लगानीमा २४ उद्योग सञ्चालनमा आएका छन् ।
प्रजातन्त्र दिवसमा छुटेका कैदी २३ वर्षपछि समातिए
कर्तव्य ज्यानको कसुरमा अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको भए पनि सरकारको सिफारिसमा छुटेका दुई जना कैदीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू दोलखा मेलुङ–१ का साधुराम भन्ने खड्गबहादुर दमाई र केदार भन्ने दुर्गबहादुर दमाईलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक अङ्कुर जिसीका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवस–२०५६ का अवसरमा कारागार शाखा काठमाडौँको कैदी चलानी नम्बर २७३४ को पत्र अनुसार दुवै जना २०५६ फागुन ७ गते कैद मिनाहामा परेका थिए ।
वर्षायाममा सडक खन्न नपाइने
सडक विभागले वर्षायाममा सडक नखन्न सबैलाई आग्रह गरेको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । सो कार्यालयले वर्षायाममा कसैलाई सडक खन्न अनुमति नदिने स्पष्ट पारेको छ ।
कक्षा ३ मा पढ्दै ३३ आमा
परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ । ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गर्नुभएको हो । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उहाँहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उहाँहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्नुहुन्छ ।
हेटौँडा सवस्टेशनको प्रधानमन्त्रीले उद्घाटन गर्नु हुने
हेटौँडा उपमहानगरपालिका वडा ११ स्थित थानाभ¥याङमा निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सवस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नु हुनेभएको छ ।
‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटो : रोड टु डेथ’
नेपालमा पछिल्लो समय फरक-फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हास्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् ।
‘नेपाल र कोरियाबिच जनस्तरको सम्बन्ध छ’
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङले नेपाल र दक्षिण कोरियाबिच जनस्तरको सम्बन्ध रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन पश्चात् बुधबार उहाँले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
बाँदर आतङ्क नियन्त्रण गर्न माग गर्दै प्रदर्शन
बाँदरले खेतीबारीमा लगाएको अन्नबाली खाइदिएपछि मकै बोकेर किसानहरूले दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् । बुधबार किसानहरू बाँदरले खाएको मकैको खोस्टाको माला र बाँदरले नष्ट गरेको मकैका बोट बोकेर सदरमुकाम आइपुगेका किसानहरूले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएका छन् ।
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य
वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिनुभएको छ ।