काठमाडौँ, जेठ ३१ गते । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
सांसद यादवले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख एक हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हनुसक्ने बताइएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । तीमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको बताउनुभयो ।
सांसद यादवले भन्नुभयो, ‘‘यस वर्ष मनसुनजन्य विपत्तिबाट देशभर १८ लाख एक हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हनुसक्ने ति मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।’’
उहाँले यस वर्ष मधेश प्रदेशमा ९८ हजार दुई सय घर परिवार प्रभावित हुने अनुमान रहेको बताउनुभयो । सांसद यादवले भन्नुभयो, ‘‘साथै मधेश प्रदेशमा ९८ हजार दुई सय घर परिवार प्रभावित हुने अनुमान छ, तसर्थ सभामुख महोदयमार्फत सरकारको पूर्वतयारी के छ, यस मानेमा संसदलाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।’’