• १६ भदौ २०८१, आइतबार

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौँ, जेठ २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने पनि बताउनुभयो ।

उहाँले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपियाँ बराबरको सेवा निर्यात गर्ने र पाँच लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको बताउनुभयो । सूचना, प्रविधि दशकका लागि कार्यदलले क्रमशः वर्षहरुमा के गर्दै जाने भन्ने एजेण्डा कार्यदलले बनाउने उहाँको भनाइ छ ।

‘‘आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपियाँ बराबरको सेवा निर्यात गर्ने र पाँच लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘हामीले अहिले एउटा सानो कार्यदल बनाएर भए पनि जसरी आइसिटी दशकलाई कसरी अघि यहाँ पनि कुुरा उठ्यो, पहिलो वर्षमा, दोस्रो र तेस्रो वर्षमा के गर्छौं ? कसरी यो लक्ष्य हाँसिल गर्छौं भन्नेकुराको स्पष्ट दृष्टिकोण आवश्यक छ । यसको निम्ति सञ्चार मन्त्रालयअन्तर्गत कार्यदल बनाएर काम अघि बढाउने भनेर होमवर्क गरिरहेका छौँ । यसबाट हामीले स्पष्ट दृष्टिकोण ल्याउने छौँ ।’’