• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेको माग

blog

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्त

काठमाडौँ, जेठ २९ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्नुहुँदै उहाँले दुई मुलुकबिचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसद्लाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गर्नुभएको हो ।

उहाँले संसद्को विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैँले अग्रसरता लिनुपर्ने पनि बताउनुभयो । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौँमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताउनुभयो ।

सांसद पन्तले नेपाल र भारतबिचको समस्या अहिले पनि ज्युँकात्युँ रहेपनि प्रधानमन्त्रीले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनुभयो ।