• १३ साउन २०८१, आइतबार

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

blog

सशस्त्र प्रहरीले फेला पार्‍यो सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदिमा डुबेकी किशोरीको शव । तस्बिर : सशस्त्र प्रहरी

सिन्धुली, जेठ २८ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो फेला पारेको छ ।

गोलन्जोर गाउँपालिका–६ मेवाबोट बस्ने २१ वर्षीया चन्द्रकला हायु लुगा धुने क्रममा चिप्लिएर सो नदीमा डुब्नुभएको थियो ।

सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट खटिएको टोलीले चन्द्रकलाको  शव घटनास्थल नजिकै फेला पारेको थियो ।