शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी
नेकपा (माओवादी केन्द्र) का सचेतक रुपा सोसी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिबाट यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा शून्य समय : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग
नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ ।
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ ।
सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
साझा सङ्कलप गरेर विकास गरौँ : प्रमुख सचेतक बर्तौला
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विकास निर्माणका विषयमा साझा सङ्कलप गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
‘घर भित्रबाट हटाउनुपर्छ महिलामाथिको हिंसा’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामाथिको हिंसा र विभेद घरभित्रबाटै हटाउनुपर्ने बताउनु भएको छ ।
प्रदेश सरकारसँग योजना माग्नेको लाम
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट बहुमतले स्वीकृत भएसँगै बजेट बनाउने चटारोमा छ । प्रदेशका मन्त्रालय र निकाय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङ अनुसार बजेट निर्माणसँगै बजेट प्रणालीमा प्रविष्टको तयारीमा छन् ।
तेह्र जिल्लाका तेह्र वडा छनोट
बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न वडाहरू छनोट गरिएको छ । प्रदेशका १३ जिल्लाको १३
काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)
काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
काठमाडौँ उपत्यकासहित देशभर वर्षा हुने
मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
जागरण कालमा नेपाली नाटक
नाटक मञ्चनमा दर्शकको भूमिका महत्वपूर्ण हुन्छ । समुदाय र कलाकारबिच अन्तर्क्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन । डबली, सडक नाटकदेखि रङ्गमञ्चसम्म आइपुग्दा नेपाली नाटकले फड्को मारेको पाइन्छ । पछिल्ला केही वर्षयता नेपाली रङ्गमञ्चले मञ्चनका क्षेत्रमा द्रुत गति अघि बढाएको छ ।
दालमा लगाएको अग्रिम आयकर फिर्ता लिन माग
उद्योगी व्यवसायीले दालमा लगाएको अग्रिम आयकर फिर्ता लिन आग्रह गरेका छन् । बुधबार दाल, चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाइएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभावबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीले आयकरका कारण बजारमा मूल्य बढ्न सक्ने भन्दै फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् । नेपाल चामल, दाल र तेल उद्योग सङ्घले आगामी आर्थिक वर्षको बजेटले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने चामल, दाल, उद्योगलगायतका उद्योगको कच्चा पदार्थ (धान र दाल गेडागुडी) आयातमा क्रमश २.५ प्रतिशत र १० प्रतिशत अग्रिम आयकर लगाएको भन्दै विरोध गरेको छ ।
नाका खुल्दा लप्चीवासी उत्साही
चीन सरकारले बिगु गाउँपालिका–१, लप्चीको पुरानो व्यापारिक नाका फलाक (रोङसिया) खोलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सो नाका खुलेसँगै लामो समयको प्रतीक्षा पूरा भएको स्थानीयवासी बताउँछन् । चिनियाँ पक्षले नाका खोल्यो, अब हाम्रोतिरको सडक र अन्य संरचना व्यवस्थित गर्न लाग्नुपर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताउनुभयो । तिब्बतसँग सीमा जोडिएको यस गाउँपालिकामा दुई वटा नाका रहेका छन् ।
सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने
सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते अन्तिम आदेश सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि विचाराधीन विवादमा संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको हो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हिमालबाट उठ्यो ११२ टन फोहर
हिमालमा थुप्रिएको फोहोर सङ्कलनमा जुटेको नेपाली सेनाले आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट ११२ टन फोहोर र १५ वटा शव सङ्कलन गरेको छ । विश्व वातावरण दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको ‘सफा हिमाल अभियान–२०२४’ को समापन समारोहमा सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे, नुप्त्सेलगायत १० वटा हिमालबाट ११२ टन फोहोर तथा १५ वटा मानव शव सङ्कलन गरेको जानकारी गरायो ।
वन्यजन्तुबाट छ वर्षमा २३१ जनाको मृत्यु
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा जङ्गली जनावरबाट हुने मानवीय क्षति बढ्दै गएको छ । जङ्गली जनावरको सङ्ख्या बढ्दै जाँदा आहार नपाएपछि मानवसँगै भौतिक क्षति हुने गरेको हो ।
‘मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ’
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरुको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कोटेश्वरको आगलागीमा दुई घाइते, कीर्तिपुरमा उपचार हुँदै
कोटेश्वरमा बुधबार दिउँसो भएको आगलागीमा परेर दुई जना घाइते भएका छन्।