नयाँ बजेट सन्तुलित छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिनुभएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ ।
योजनाको भुक्तानी गर्न प्रदेश सरकारसँग गाउँपालिका महासङ्घको माग
अनुदान कटौतीपछि स्थानीय तहहरू समस्यामा परेपछि गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले प्रदेश अनुदानमा सञ्चालित योजनाको रकम भुक्तानी गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।
सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताउनुभएको छ ।
मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँको तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
महामारीका रूपमा फैलिँदै छ तनाव
विश्वका अनेक प्राणीहरूमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ ।
उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।
विपदका घटनामा एक वर्षमा ६१ जनाले गुमाए ज्यान
बागमती प्रदेशमा विपदका घटनामा एक वर्षको अवधिमा ६१ जनाले ज्यान गुमाएका छन् । २०८० जेठ २२ देखि २०८१ जेठ २२ गतेसम्म बागमती प्रदेशमा भएको ८३६ विपद्का घटनामा ६१ जनाले ज्यान गुमाउनु भएको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि सुरु भएको छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।
‘नेपाल भारत सम्बन्ध प्रगाढ’
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागि परेका उहाँले उल्लेख गर्नुभयो ।
त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।
अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।
जलवायु परिवर्तनसँग जुध्न विश्वको साझा मत जरुरी छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।
सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : सांसद कार्की
नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यमुनाडाँडा र कालिका जोड्ने झोलुङ्गे पुल निर्माण
सुनकोशी गाउँपालिका–३ र ४ जोड्न स्याँले खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । उक्त गापाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले उद्घाटन गर्नु भएको छ ।
चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो
विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ ।
कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट
बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरी कार्यक्रम स्वीकृत गरेको छ ।
विश्व वातावरण दिवस : वातावरणीय सुधारका अधुरा वाचा
‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइरहँदा संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयन भएको छैन । दिवस मनाइरहँदा वातावरणीय सन्तुलन बिग्रिएर बढेको तापक्रमले कैयौँ सर्वसाधरण मार परिराख्नुभएको छ । सडकबाट उठ्ने धुलो छेक्न माक्स प्रयोग गर्न बाध्य हुनु परेको छ ।
वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा
विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्यूरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गर्नुभयो ।