• १३ साउन २०८१, आइतबार

मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा

blog

आगलागी नियन्त्रणमा सहयोग गर्दै सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दा । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, जेठ २३ गते । काठमाडौँको तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा बुधबार भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता थापाका अनुसार सोही ठाउँमा रहेको जीवन रेग्मीको चार तल्ले घरमा दिलीप कुमार शाहले सञ्चालन गर्दै आएको चाउचाउ, बिस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ जुटेको थियो ।