• १४ मंसिर २०८१, शुक्रबार

अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

blog

काठमाडौँ, जेठ २३ गते । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सो समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेस गरिएको सभापति यादवले बताउनुभयो ।