• १४ मंसिर २०८१, शुक्रबार

दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत

काठमाडौँ, जेठ २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत सोलारबाट थप गर्ने बताउनुभएको हो ।

उहाँले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एक हजार मेघावाट विद्युत थप गर्नेछौँ । आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्‍याउने भनेका छौँ । यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हितमा हेरिन्छ ।’’

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।