• १२ मंसिर २०८१, बुधबार

त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु

blog

काठमाडौँ, जेठ २४ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ। 

धावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो। 

प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो। अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ।” 

उहाँका अनुसार एक घण्टा विमानस्थल अवरुद्ध हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ।