अनिल पराजुली
हेटौँडा, जेठ २२ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ मा घाँस काट्न गएका युवाको रुखले च्यापिएर मृत्यु भएको छ ।
मङ्गलबार आएको हावाहुरीले रूख ढलेर लाग्दा मनहरी–२ ट्याङ्की दमार घर भएका २२ वर्षीय रामबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको २ नं. वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिनुभयो ।
मृतक गोलेको शव उहाँकै घरमा राखिएको र घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको वडाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।