काठमाडौँ, जेठ २० गते। विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ र नागार्जुन समूहले संयुक्त र्यालीको आयोजना गरेको छ।
नेप्सेम्याकको प्राविधिक सहयोग आयोजित कार्यक्रम वातावरणीय सचेतना, डेगीं उन्मुलन र वातावरण प्रदूषण नियन्त्रणको विषयलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम र छलफल गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नागार्जुन समूहका अध्यक्ष प्रकाश बलामीले मानव र वातावरणको सम्बन्ध र यसको संरक्षणमा मानवको भूमिका प्रष्ट पार्नुभएको थियो।
कार्यक्रममार्फत विद्यार्थीलाई सकारात्मक सन्देश दिइएको शीतला माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा शीतला माध्यमिक विद्यालय, शीतला स्काउट, आदित्य बोर्डिङ, ज्ञानमन्दिर विद्यालयका शिक्षक, विद्यार्थी, कालीदेवी महिला समूह, सक्षम समूह र नारी उत्थान समूह साथै नागार्जुन समूह र टौडल परिवार सहभागी थिए।