• १६ भदौ २०८१, आइतबार

जिगु धरतीः जिगु सर्गको लोकार्पण

blog

नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः, डा. सुन्दर कृष्ण जोशीलगायतले पुस्तक विमोचन गर्नुहुँदै । तस्विरः अमिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ २० गते । कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो । 

कृतिकार २०२२ सालदेखि साहित्यमार्फत नेपाल भाषा आन्दोलनमा सक्रिय भूमिका खेल्दै आउनुभएको थियो । संग्रहमा ४२ वटा कविता छन् । कृतिमाथि समालोचक पूर्ण ताम्राकारले टिप्पणी गर्नुभयो ।

बज्रराज शाक्य र डा. सुन्दरकृष्ण जोशीले कृतिकारको जीवनी र लेखनको विषयवस्तुबारे चर्चा गर्नुभयो । कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न गायिका रिता महर्जन लगायतले गायन प्रस्तुत गर्नुभएको थियो । अन्जना ताम्राकार, दिव्या ताम्राकार, सुलोचना सैंजु, अन्तर्राष्ट्रिय कवि भगतदास श्रेष्ठलगायत साहित्यकारले कविता प्रस्तुत गर्नुभयो ।