• १६ भदौ २०८१, आइतबार

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उहाँले बताउनुभयो । मौसमविद् मानन्धरले उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ ।”

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगन्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । रासस