• ३ असार २०८१, सोमबार

दुर्घटनामा परेकाहरूको उपचार हुँदै, चारको अवस्था गम्भीर

blog

दुर्घटनामा परेको बस ।

शालिग्राम नेपाल 

चितवन, जेठ १४ गते । नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएकाहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका –२९ स्थित सत्र किलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुवाहक बस र २ वटा ट्रक आपसमा ठोक्किएका थिए ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुवाहक बससँगग विपरीत दिशाबाट जाँदैगरेको बा ३ ख ७९१५ नम्बरको मालवाहक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडि ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो । 

त्यस्तै, मुग्लिनबाट आउँदैगरेको यात्रुवाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा प्युठान नौबैईनी गापा–७ बस्ने वर्ष २८ को सुधन केसीको अवस्था मध्यम रहेको बताइएको छ । त्यस्तै, प्युठान नपा –१० बस्ने वर्ष ३६ को नीरज केसीको स्वास्थ्य अवस्था पनि मध्यम रहेको अस्पतालका चिकित्सकले जनाएका छन् । 

प्युठान मलारानी गापा –२ बस्ने वर्ष ३६ की निर्मला भुसालको अवस्था गम्भीर छ । त्यस्तै, प्युठान गौमुखी गापा –७ बस्ने वर्ष २५ को सुरज सुनारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँ प्रहरी जवान हुनुहुन्छ । सोहीअनुसार अर्घाखाँची सितगंगा नपा–८ बस्ने वर्ष २९ की पवित्रा दर्लामीको सामान्य रहेको छ ।

सोहीअनुसार प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरिको अवस्था मध्यम, प्युठान नपा–८ बस्ने वर्ष २० को समीर केएमको अवस्था मध्यम, प्युठान सारुमहारानी गापा–४ बस्ने वर्ष ३६ को तारापती बुढाथोकीको अवस्था मध्यम रहेको छ । त्यस्तै, प्युठान सारुमहारानी गापा –४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी मध्यम रहेको छ ।

त्यस्तै, प्युठान एरावती गापा–६ बस्ने वर्ष ५६ की मनदेवि थापाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, प्युठान बस्ने वर्ष ६० को पदम थापाको अवस्था सामान्य छ । प्रहरीका अनुसार प्युठान नपा –१० बस्ने वर्ष २१ को सुशील केसीको अवस्था मध्यम, प्युठान नपा–४ बस्ने वर्ष १७ की प्रतिभा भण्डारीको अवस्था मध्यम, प्युठान नपा –८ बस्ने वर्ष १८ की सलिसा थापाको अवस्था मध्यम,  प्युठान नपा –१ बस्ने वर्ष ३८ को प्रकाश केसीको अवस्था मध्यम रहेको अवस्था । 

सोही अनुसार प्युठान नपा–८ बस्ने वर्ष ५३ की पार्वता केसीको अवस्था मध्यम, प्युठान नेबईनी गापा– ३ बस्ने वर्ष ३२ को गौरव झाक्री अवस्था गम्भीर छ । त्यस्तै, प्युठान गौमुखी गापा –३ बस्ने वर्ष २९ को दीपक सुनारको अवस्था सामान्य छ । अर्घाखाँची सितगंगा नपा –८ बस्ने वर्ष ४९ लामबहादुर दर्लामीको अवस्था मध्यम, प्युठान नपा –८ बस्ने वर्ष २५ को सन्तोष केसीको अवस्था गम्भीर छ ।