• ४ असार २०८१, मङ्गलबार

पुस्तक विमोचन गर्दै नेपाल संवत् कार्यक्रम सम्पन्न

blog

पुस्तक विमोचन गर्नुहुँदै विभिन्न संस्थाका अध्यक्षहरु । तस्बिर– अमिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ १४ गते । नेपाल संवत्  राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेवाः देय् दबूको संयोजकत्वमा भएको कार्यशाला गोष्ठीमा मल्ल के सुन्दरको ‘नेपाल संवत् व भिंतुना आन्दोलन’ न्हू दँ राष्ट्रिय समारोह समिति काठमाडौं, नेपालभाषा मंकाः खलः काठमाडौं, यल नेवाः समाज ललितपुर, राष्ट्रिय विभुति शंखधर प्रतिष्ठान थिमि, बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका अध्यक्षहरुबाट सामूहिक रुपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा नेपाल संवत्  व्यावहारिक रुपमा प्रचलनमा ल्याउन प्रविधिमैत्री बनाउनेबारे विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो । मल्ल के सुन्दरको ‘नेपाल संवत् व भिंतुना आन्दोलन’ सामूहिक रुपमा विमोचन गर्नुभयो ।