• २ असार २०८१, आइतबार

ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

blog

ललितपुर, जेठ ११ गते । ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ दीपेश दनुवार र महिला छात्रातर्फ सरिता दनुवार प्रथम हुनु भयो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । विजेतालाई नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । 

ललितपुर महानगरपालिकाको सयौँ स्थापना दिवस अवसर पारेर मे २९ अर्थात् सगरमाथा दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा ललितपुरका तीन वटै नगरपालिकाका विद्यार्थीहरूको सहभागिता थियो ।

आरोही कल्पना महर्जनले ललितपुर महानगरपालिकाको लोगो अङ्कित झन्डालाई सगरमाथाको चुचुरोमा पुर्‍याउन सफल भएको थियो । यसै अवसरलाई ललितपुर महानगरपालिका वडा नं. २६ को बाल अधिकार समितिले बालबालिकाहरूलाई वाल क्लाइम्बिङ सहित परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । 

प्रतियोगिता धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको थियो ।