नौ महिनासम्मको प्रगति कम
उपभोक्ता समिति, निर्माण व्यवसायीहरूले अधिकांश योजनाको काम तथा भुक्तानी आर्थिक वर्षको अन्तिममा भुक्तानी माग्ने परिपाटीले काभ्रेपलाञ्चोक जिल्लामा रहेका अधिकांश कार्यालयको वित्तीय र भौतिक प्रगति कम देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको चालु आर्थिक वर्षको तेस्रो चौमासिक ९चैत मसान्त० सम्मको प्रगति समीक्षामा जिल्लामा रहेका कार्यालयको वित्तीय र भौतिक प्रगतिमा कम देखिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । मङ्गलवारबाट न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस जारी छ ।
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्धस आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता हुन् भन्नुभएको छ ।
मौसमः कोशीमा हल्का वर्षा बाँकी भागमा सफा रहने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
‘ज्ञानको हस्तान्तरण हुँदै जानु पर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कार संस्कृतिको प्रवर्धनमा अग्रज, गुरुजनबाट ज्ञानको हस्तान्तरण हुँदै जानुपर्ने बताउनुभएको छ । मन्त्री तामाङले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित ‘हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन’ सम्बन्धी प्रशिक्षणको उद्घाटनमा सो धारणा व्यक्त गर्नुभएको हो ।
पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनमा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
'पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी'
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वाधार निर्माणमा स्पष्ट राष्ट्रिय दृष्टिकोण जरुरी रहेको बताउनुभएको छ ।
वडास्तरमा नमुना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने
सरकारले युवा कृषक तथा उद्यमीसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने भएको छ ।
राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो ।
विश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा
राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचारको विश्वसनीयताका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभएको छ ।
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ ।
विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने
सरकारले बाढी, हावाहुरी, चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने भएको छ ।
नीति तथा कार्यक्र : मुद्दा फछ्रयोटमा तीव्रता दिइने
सरकारले न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई विचाराधीन मुद्दाको शीघ्र फछ्र्योट गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आव २०८१/८२ को वार्षिक नीति तथा कार्यकममा सर्वोच्च अदालतको कार्यबोझ घटाउन आवश्यक पहल गरी कार्यविधि सरलीकरण गरिने उल्लेख छ ।
तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।
जलेको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुल्यो
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ मा जलेको अवस्थामा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
चाइना हस्पिटल प्रालिद्वारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वयंसेविकालाई परम्परागत चाइनिज उपचार पद्धतिका बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच एवम् उपचार पनि गरिएको हो ।
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् ।
बागमती प्रदेश सभा : बजेटको सिद्धान्त र प्राथमिकता पेस
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ ।
‘प्लस टु’का विद्यार्थीलाई एआइसम्बन्धी जानकारी दिँदै सनवे कलेज
मैतीदेवीस्थित सनवे कलेजले ‘प्लस टु’ कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स ‘एआइ’सम्बन्धी जानकारी दिने भएको छ । कलेजले ‘एआइ’सम्बन्धी जानकारी दिने लक्ष्यका साथ पाँच दिने कार्यशालाको आयोजना गरेको हो ।
निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने
सरकारले निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
मेलम्ची आयोजनाबाट बाह्रै महिना खानेपानी
सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।
हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण सकिने
सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।
सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रियसभाका पूर्व सांसद एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति (फोटो फिचर)
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।