• १९ असार २०८१, बुधबार

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो ।

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले  राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १ः१५ बजे बस्नेछ । रासस