• १२ साउन २०८१, शनिबार

हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण सकिने

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको काम सक्नुका साथै बुढीगण्डकी प्रसारण लाइनको सम्भाव्यता अध्ययन सकिने समेत बताउनुभयो ।