• १२ साउन २०८१, शनिबार

‘प्लस टु’का विद्यार्थीलाई एआइसम्बन्धी जानकारी दिँदै सनवे कलेज

blog

काठमाडौँ, जेठ १ गते । मैतीदेवीस्थित सनवे कलेजले ‘प्लस टु’ कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स ‘एआइ’सम्बन्धी जानकारी दिने भएको छ । कलेजले ‘एआइ’सम्बन्धी जानकारी दिने लक्ष्यका साथ पाँचदिने कार्यशालाको आयोजना गरेको हो । 

कलेजका प्राध्यापक खुसल रेग्मीले सोमबारदेखि सुरु भएको कार्याशालामा विद्यार्थीहरुलाई एआईको रमाइलो नौलो संसारबारे जानकारी दिने र एआईबारे प्रयोगात्मक जानकारी प्रदान गरिने उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रयोगात्मक कार्याशालामा विद्यार्थीले एआइको भाषाका मोडेलहरु सिक्ने, चालकविहीन गाडी ‘रोबोटिक भेकल’ बनाउनेलगायतका गतिविधिबाट प्रविधिको नौलो अनूभुति गर्न पाउनेछन् । 

सनवे कलेज काठमाडौंले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको सहकार्यमा चारवर्षे स्नातक तहमा तथ्याङ्क विज्ञानको अध्यापनका लागि सहकार्य गर्दै आएको छ । पाँचदिने कार्यशालामा सहभागी ३४ जना विद्यार्थीलाई एआईसम्बन्धी छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ ।