काठमाडौं, जेठ १ गते । सरकारले निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
खानेपानी तथा सरसफाइ आयोजनाको दिगो व्यवस्थापन गर्न प्राकृतिक विपतबाट हुने क्षति तत्काल सम्बोधन गर्न तीनै तहको सहकार्यमा निमार्ण कार्यमा रहेका आयोजनको अनिवार्य बिमा गरिने बताउनुभयो ।