अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।
सुनको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।
राष्ट्रपतिका सल्लाहकार नेपालको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नु कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
विश्व सम्पदा क्षेत्रलाई गिज्याइरहेको प्रहरी भवन
काठमाडौंको हनुमानढोकास्थित वर्षौ पुरानो एवम् जीर्ण अवस्थामा रहेको प्रहरी भवनको भौतिक संरचना जोखिमपूर्ण समेत बन्दै गएको छ । सम्पदा संरक्षण अभियान्ता यादवलाल कायस्थका अनुसार प्रहरी भवन प्रवेश स्थल (दबु) मा स्थानीय एवम् श्रद्धालुहरु कुनै समय दिवंगतहरुको सम्झनामा दियो बाल्ने गर्दथे । महांकाल नाच, गाइजात्रा जस्ता जात्रा पर्वमा भक्तपुर लगायत टाढाबाट आएकाहरु नाचगानको तयारी तथा बसोबास गर्ने स्थान हो यो ।
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।
काठमाडौंमा धिमालको हत्या, चार जना पक्राउ
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेको बेला संसदीय समितिले त्यसको ‘हेडवक्र्स’लगायत संरचनाको स्थगलत अनुगमन गरेको हो । उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवक्र्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव पनि दिएको छ ।
अधिकांश पुस्तकालय बन्द
दोलखामा एकपछि अर्को गर्दै खुलेका पुस्तकालयमध्ये अधिकांंश बन्द भएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाको अभिलेखमा भेटिएका नौ वटामध्ये छ वटा बन्द भइसकेको बताइएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ ।
सबस्टेसन सञ्चालनमा
चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।
सकारात्मक कामसँगै विकृति
स्थानीय तहको दोस्रो निर्वाचन भएको आइतबार दुई वर्ष पूरा हुँदै छ । २०७९ वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो पटक स्थानीय सरकारका प्रतिनिधि छान्न निर्वाचन भएको थियो । यस अवधिमा स्थानीय तहमा सेवा प्रवाह र भौतिक विकास निर्माणको काममा सङ्ख्यात्मक र गुणात्मक वृद्धि भएको छ भने कतिपय पालिकामा विकृति र अनियमितता पनि बढ्दै गएका छन् ।
मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)
शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।
पर्यटकीय गाउँ जोड्ने सडक कालोपत्र
गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ ।
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक
चार दशक मानवीय सेवामा व्यतीत गर्नुभएका नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ ।
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरू देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ ।
रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै
चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ ।
बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो कामपा
काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटिसकेको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताउनुभयो ।
हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द गर्न माग
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागिएको प्रति मकवानपुरका आठ राजनीतिक दलले आपत्ति जनाएका छन् ।
‘क्यानभास’मा धार्चेको कलासंस्कृति र भूगोल
मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’मा उतारिएको छ ।