• १३ साउन २०८१, आइतबार

सुनको मूल्य बढ्यो

blog

काठमाडौँ, वैशाख ३०  गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३८ हजार चार सय निर्धारण भएको छ । 

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा रु. १० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय २५ निर्धारण भएको छ ।   रासस