• १३ साउन २०८१, आइतबार

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २९ गते । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । 

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलन प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा स्वास्थ्य सम्मेलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सरोकारवालाहरुबीच समन्वय, सहजीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहिलो सम्मेलन सार्थक रह्यो । यही अनुभव र आवश्यकतालाई आत्मसात गर्दै हामीले नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना गर्न लागेका हौँ ।” 

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन नेपालको साथ पनि रहनेछ । सम्मेलनमा स्वास्थ्य बीमा कार्यक्रम, नसर्ने रोगका जोखिम, चिकित्सा शिक्षालगायतका विषयमा सत्रहरु सञ्चालन हुने छन् । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण वि.सं.२०७७ चैतमा भएको थियो । रासस