चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका-६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास)र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका-४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नम्बर ६ बसेरीमा भैँसेगाउँ छ ।
कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल
राष्ट्रियसभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।
राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गर्नुभएको छ ।
सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन
नेपाल कम्युनष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन गर्नुभएको छ ।
कैलालीका जलाधार व्यवस्थापन अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
युवाले नेतृत्व गरेको हेर्न चाहन्छौं : मुख्यमन्त्री जम्कट्टेल
युवाले विगतलाई कसरी हेर्ने, वर्तमानलाई कसरी लिने र भविष्यलाई कस्तो बनाउने भन्ने सोच्न जरुरी रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।
अमेरिका पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ
नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
दोस्रो बागमती प्रदेश युवा सम्मेलन सुरु (फोटो फिचर)
दोस्रो बागमती प्रदेश युवा सम्मेलन-२०८१ सुरु भएको छ ।
स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समीर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पशुपतिक्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपतिक्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।
बकैया गाउँपालिकाभित्र उत्पादित दुध १० वर्षसम्म खरिद गर्ने सम्झौता
मकवानपुरको बकैया गाउँपालिकाका क्षेत्रका दुध उत्पादक किसानले उत्पादन गरेको दुध १० वर्षसम्म खरिद गर्ने गरी सम्झौता भएको छ ।
नौ महिनामा २२४ वटा निर्माण कम्पनी कालोसूचिमा
चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो नौ महिनामा २२४ निर्माण कम्पनी कालोसूचिमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
चितवनको देवनगर सबस्टेसन सञ्चालनमा
चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३÷११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।
सर्वोच्चमा कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।
स्वयम्भूको बुद्धजयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
बुद्धजयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।
आज अक्षयतृतीया : जौको सातु र सर्बत खाएर मनाइँदै
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया । जौको सातु र सर्बत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ, वैशाख २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताउनुभयो ।नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले भन्नुभयो । “हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उहाँले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो ।“भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताउनुभयो । रासस
कुखुरा बेच्दै महिला व्यापारी
भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी । एउटा कुखुराको रू ४०० सम्ममा बिक्री हुने गरिन्छ ।
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताउनुभयो ।
एकल महिलालाई पाडी
आयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ । आठ जना एकललाई अहिले एक लाख बराबरको उन्नत जातका पाडी सहयोग गरिएको छ ।
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।