• ८ जेठ २०८१, मङ्गलबार

सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

blog

नेपाल कम्युनष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, वैशाख २८ गते । नेपाल कम्युनष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन गर्नुभएको छ ।

अधिवेशन सुरु हुनुअघि नयाँबानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य अवस्थामा शालीन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिनुभएको हो । उहाँले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गर्नुभयो । रासस