• ३ जेठ २०८२, शनिबार

काँग्रेस संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, वैशाख ३१ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुने कार्यतालिका छ । तर काँग्रेसले भने आफूहरूले राखेको माग पूरा नभएसम्म संसद् सहज रूपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ । संसदीय छानबिन समिति बनाउन आइतबार बालुवाटारमा काँग्रेसका शीर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो । 

जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । आजको काँग्रेस संसदीय दलको बैठकमा मङ्गलवारको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।