• ४ पुस २०८१, बिहिबार

प्रदेश सभा अधिवेशन आह्वान

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख २९ गते  । बागमती प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनका रूपमा रहेको प्रदेश सभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभा सचिवालयमा शुव्रmबार पठाइएको जानकारी दिनुभयो । 

प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश सभाको बैठक प्रदेश प्रमुखले आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले बजेट अधिवेशन रूपमा रहने प्रदेश सभाको अधिवशेन यही वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रीपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा दीपेन्द्र श्रेष्ठ नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै नमुना वडा समाजवादी कार्यव्रmम कार्यान्वयन कार्यविधि २०८० पहिलो संशोधन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ मन्त्रीपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय मकवानपुरबाट भक्तपुरमा स्थानान्तरण गर्ने र खरको छानामुक्त बागमती प्रदेश कार्यव्रmम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । उहाँले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गरी प्रदेश सरकारले परिषद् स्थापना र सञ्चालन गर्न प्रव्रिmया अगाडि बढाउने निर्णय गरेको बताउनुभयो । 

यसअघि बागमती प्रदेश सभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो ।