त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ ।
दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम
सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले १० करोड रकम आयोजनासँग माग गरेका छन् ।
बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो
रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।
एमाले जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक
नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । मङ्गलबार नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलङ्गवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको हो ।
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मकवानपुरको १८ सय हेक्टर वनमा डढेलो
मकवानपुरका विभिन्न भाग डढेलोको चपेटामा छ । डढेलोका कारण मकवानपुरसहित देशभरकै वायु प्रदूषण उच्च बनेको छ । यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
माछा मार्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० को जिवनपुरका १० वर्षीय सिमानस चौधरी हुनुहुन्छ ।
२७१ वटा सहकारीविरुद्ध उजुरी
पछिल्लो समय सहकारीप्रति आम नागरिकको विश्वास घट्दो छ । सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुने क्रम बढेसँगै सहकारीप्रतिको विश्वास घटेको हो । बागमती प्रदेशको काठमाडौँका सहकारी विरुद्ध उजुरी धेरै परेको तथ्याङ्कले देखाउँछ ।
एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार
बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जसपाका सांसद र स्थानीय तहका सदस्यको सनाखत सुरु
निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । मङ्गलवार सूचना जारी गर्दै आयोगले जनता समाजवादी पार्टी, नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टीको गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिहरूको सनाखत गर्न सुरु गरेको हो ।
उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ ।
अत्याधुनिक हुँदै मूलपानी क्रिकेट रङ्गशाला
राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी रङ्गशालाको डिजाइन र संरचना पुल्चोक इन्जिनियरिङ कलेजले प्रस्तुत गरेको हो ।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल
आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।
मौसमः हल्का पानी पर्ने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ ।
ढकमक्क फुलेका ज्याकाराण्डा
काठमाडौँको सुन्धारास्थित सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल।
सित्ताके च्याऊ खेती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् ।
मातातीर्थ मेला आजबाट सुरु
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ ।
हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ
विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ । स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गर्नुभएको थियो । प्रहरीले अनुसन्धान र अभियोजनका लागि पक्राउ गरेको आरोपितले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्न गृह मन्त्रालयले सोमबार तीनबुँदे निर्णय गरेको छ ।
वामपन्थी पार्टीका बिचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीका बिचमा एकताको आवश्यकता औल्याउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उहाँले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताउनुभएको छ ।
शङ्खपार्कमा पुरुषको शव फेला
काठमाडौँको शङ्खपार्कमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
‘अवैधानिक निवेदनको आधारमा दल विभाजन हुन्नँ’
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ ।
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य
अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।