• ६ जेठ २०८१, आइतबार

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल

blog

काठमाडौँ, वैशाख २५ गते । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ । 

वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल हुन लागेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।