• ६ जेठ २०८१, आइतबार

चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला

blog

चितवन राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा भेटिएको गैँडा। तस्बिर :वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, वैशाख २५ गते । 
चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार भाले गैँडा मृत अवस्थामा भेटिएको छ । यसको खाग खुर सुरक्षित भेटिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ ।

यस्तै, बाघ मरेको क्षेत्रमा पनि निकुञ्जका चिकित्सकसहितको टोली पुगेको छैन । त्यहाँबाट थप विवरण आउन बाँकी छ । बाघ र गैँडाको मृत्युका कारण खुल्न सकेको छैन । निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारी दुबै घटनामा अनुसन्धान भइरहेको बताउनुभयो ।

घटनास्थलमा चिकित्सकसहितका कर्मचारी खटाइएको र थप विवरण आउन बाँकी रहेको पनि उहाँले जनाउनुभयो ।