विस्थापित परिवारलाई निःशुल्क जग्गाधनी पुर्जा
बाह्रबिसे नगरपालिकाले प्राकृतिक विपत्तिबाट घरबास, जमिन गुमाएका २२ घरपरिवारका विस्थापितहरूलाई आवास निर्माणका लागि निःशुल्क जग्गाधनी पुर्जा वितरण गरेको छ ।
ललितपुरको बाफलमा आगलागी, पाँच घाइते
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताउनुभएको छ ।
पत्रकार दियालीकाे उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल
नियमित डायलसिस गर्नुपर्ने भएपछि उहाँलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गर्नुभएकाे छ ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
प्राविधिक शिक्षा पहिलो प्राथमिकतामाः मुख्यमन्त्री जम्कट्टेल
प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ ।
भोलि बागमतीमा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।
१३ जिल्लाका लागि एक जना मात्रै वातावरण निरीक्षक
सरकारले वातावरण क्षेत्रलाई कम महत्वमा राख्दा विभिन्न समस्या आई परिरहेका छन् । मानव र वातावरणको प्रत्यक्ष र महत्त्वपूर्ण सम्बन्ध भए पनि यसलाई प्राथमिकतामा नराखेको पाइएको हो । सङ्घ, प्रदेश र स्थानीय तहले वातावरणलाई प्राथमिकता नदिइएको देखिन्छ । मानव स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने वातावरणको क्षेत्रलाई प्राथमिकता नदिँदा मानवले अनेकन् समस्या भोग्न बाध्य भएका छन् ।
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ ।
तम्बाभिरमा मह सिकार
गङ्गाजमुना गाउँपालिका–२ र ३ को सिमानामा रहेकोे ताप्राङ खोलामा रहेको निकै कहालीलाग्दो तम्बाभिर । भिरका बिचमा सुन्दर माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भ-याङ । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धुवाँ पुत्पुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भङ्ग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धुवाँ पुत्पुताएपछि मौरीले गोला छोड्दै जान्छ ।
डायलासिस सेवाको तयारी
दोलखाको चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल डायलासिस सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । अस्पतालनजिकै नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले छिट्टै नै डायलासिस सेवा सुरु गर्न लागिएको अस्पतालका प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
जागरण पदयात्रा
भगवती मानव कल्याण सङ्गठनले ‘नसामुक्त नेपाल, समृद्ध नेपाल’ नारासाथ काठमाडौँमा जनजागरण पदयात्रा सम्पन्न गरेको छ । काठमाडौँको पशुपति क्षेत्रको सुमार्गी भवनबाट गौशाला, जयवागेश्वरी, सिफल चौर, गणेशस्थान, गङ्गाहिटी, गोपीकृष्ण हल, सरस्वतीनगर, महाङ्काल, टुसाल चोक, श्रम स्कुलबाट खरिबोट हुँदै करिब १० किलोमिटरको पदयात्रा गरी गुह्येश्वरी मन्दिरमा पुगेर समापन भएको थियो ।
कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै बेथानचोक
काभ्रेको बेथानचोक गाउँपालिकालाई कृषि पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न लागिएको छ । व्यावसायिक कृषिमा बढ्दो लगानीसँगै पालिकाले कृषि पर्यटनका सम्भावनालाई समेटेर मनोरञ्जन, धार्मिक, पदयात्रा, साहसिक यात्रासँगै रैथानी बाली र विषादीरहित तरकारी खेतीको प्रवर्धनसम्बन्धी काम अघि बढाएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार पालिकालाई अर्गानिक खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न पाँचदिने प्राङ्गारिक मल बनाउने तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
कर्मचारीलाई पुरस्कृत गरिने
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले संस्थानमा कार्यरत दुई जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सङ्घको शुक्रबार बसेको बैठकले गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सो निर्णय गरेको हो । संस्थानको नगद तथा सामान्य लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अधिकृत रमा मोक्तान र ग्राहक सेवा शाखामा वितरक पदमा कार्यरत राजेन्द्रप्रसाद चौधरीलाई ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उद्धार गरिँदै सडक बालबालिका
सरकारले उपत्यकाभित्रका सडकबाट बालबालिका उद्धार अभियान जारी राखेको छ । आगामी जेठ पहिलो सातादेखि उपत्यकाबाहिरका प्रमुख सहरबाट सडक बालबालिका उद्धार गर्ने तयारी गरिएको छ । सडक बालबालिकाको सङ्ख्या वृद्धि हुँदै गएपछि उद्धार गरेर पारिवारिक पुनर्मिलन, संस्थागत पुनस्र्थापना, सिपमूलक तालिम र स्वरोजगार बनाउने योजना बनाएको छ । सरकारले २०७३ वैशाख २७ गतेदेखि सडक बालबालिका उद्धार गर्ने अभियान सुरु भएको थियो ।
लोडरमा च्यापिएर हेल्परको मृत्यु
मकवानपुरको थाहानगरमा लोडरमा च्यापिएर शनिवार दिउँसो एकजना हेल्परको मृत्यु भएको छ । दिउँसो ३ बजेर १५ मिनेटको समयमा थाहा नगरपालिका ९ ठुलोचौरस्थित चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दैगरेको काठमाडौं सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिँदा सहचालक नुवाकोट लिखु गाउँपालिका वडा ६ घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
'पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुन सक्दैन'
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण हुन नसक्ने बताउनुभएको छ ।
देश बनाउने जिम्मेवारी एमालेमा भएको सन्देश : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पछिल्लो उपनिर्वाचनले देशको भविष्य बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको सन्देश दिएको बताउनुभएको छ ।
पाहुनालाई कोसेली ताराखोलाको मकै
लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो ।
बैंगलोरको एचसीजी अस्पताल क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै
एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्सन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।
‘गुनासो र प्राप्त सुझावलाई सम्बोधन गर्ने प्रयास रहन्छ’
ललितपुर महानगरपालिकाद्वारा प्रवाह हुने सेवासुविधा र आमनगरवासीको चासो, गुनासो सम्बोधन गर्न शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
विशेष बाल अदालतको आवश्यकता छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ ।
पर्यटकीयस्थल प्रवर्धनका लागि चन्द्रागिरि पैदलयात्रा
चन्द्रागिरि नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थलहरूको प्रवर्धनका लागि आयोजित चन्द्रागिरि सम्पदा पैदलयात्रा २०८१ शनिबार सम्पन्न भएको छ ।