• ५ जेठ २०८१, शनिबार

जागरण पदयात्रा

blog

काठमाडौँ, वैशाख २३ गते । भगवती मानव कल्याण सङ्गठनले ‘नसामुक्त नेपाल, समृद्ध नेपाल’ नारासाथ काठमाडौँमा जनजागरण पदयात्रा सम्पन्न गरेको छ । 

काठमाडौँको पशुपति क्षेत्रको सुमार्गी भवनबाट गौशाला, जयवागेश्वरी, सिफल चौर, गणेशस्थान, गङ्गाहिटी, गोपीकृष्ण हल, सरस्वतीनगर, महाङ्काल, टुसाल चोक, श्रम स्कुलबाट खरिबोट हुँदै करिब १० किलोमिटरको पदयात्रा गरी गुह्येश्वरी मन्दिरमा पुगेर समापन भएको थियो ।

सङ्गठनका केन्द्रीय महासचिव अजय अवस्थीले पदयात्राबाट सयौँ व्यक्तिलाई नसामुक्त हुन प्रेरणा दिने सङ्कल्प रहेको बताउनुभयो ।