राससको ६३औँ वर्षमा प्रवेश
मुलुकको प्रमुख समाचार समितिका रूपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना सन्देश
सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो : प्रधानमन्त्री प्रचण्ड
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थाको भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोहको प्रत्यक्ष प्रसारण
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइन्छ ।
दुई शताब्दी पुरानो पाटीको पुनर्निर्माण
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको गाईखुरामा नर्मदेश्वर महादेवको मन्दिर छ । स्थानीयका अनुसार जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक यो मन्दिर दुई सय वर्षभन्दा पुरानो हो ।
आजदेखि कांग्रेस महासमिति बैठक
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
चिकित्सकलाई प्रोत्साहन सुविधाको कार्यविधि तयार
बागमती प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले प्रोत्साहन सुविधा पाउने भएका छन् । विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन भएका प्रदेश सरकारमातहतका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले थप प्रोत्साहन सुविधा पाउने भएका हुन् ।
निर्वाचनलाई जीवन पद्धतिको रूपमा ग्रहण गरौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
आज अर्थात् फागुन ७ गते आठौँ निर्वाचन दिवस । दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा आम मतदातामा शुभकामना दिनुभएको छ
पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
गलत सूचनाको चुनौतीलाई चिर्नुपर्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेकाले यस्ता गलत सूचनाको चुनौतीलाई चिर्नु पर्ने बताउनुभएको छ ।
प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र
राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्र मुलुकले त्यसपछि हासिल गरेको सम्पूर्ण उपलब्धिको जग हो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ को संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो । त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो ।
बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा
मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु
चलचित्र पत्रकारको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौँडामा सुरु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा सङ्घ मकवानपुरको समन्वयमा आयोजित कार्यशालामा चलचित्र र चलचित्र पत्रकारिताको विविध आयामहरूमाथि छलफल हुने बताइएको छ ।
३३ लाख रुपियाँ चोरी गरेको आशङ्कामा सहकारीका सञ्चालक प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ३३ लाख रुपियाँ चोरी गरेको आशङ्कामा मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाए : सांसद चौधरी
नेकपा (एमाले) का सांसद भगवती चौधरीले मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाएको बताउनुभएको छ ।
मिलापत्र गर्न सकिने विषय फितलो भयो : सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले मिलापत्र गर्न सकिने कुरालाई फितलो रूपमा विधेयकमा प्रस्तुत गरिएको बताउनुभएको छ ।
एकै व्यक्ति वा समूहमा वित्तीय संस्था रहँदा अर्थतन्त्र समस्यामा : सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एकै व्यक्ति वा समूहको बैङ्क वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बनेको बताउनुभएको छ ।
हिमाल संरक्षणका लागि विश्व समुदायलाई आग्रह
विश्वको सर्वोच्च शिखर सगरमाथासमेत रहेको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले निम्तिएका सङ्कटलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ ।
भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताउनुभएको हो ।
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ ।
चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना
सांसद र नगरप्रमुख एवम् उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभयो ।
हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्ड निर्माण तीव्र
मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । बागमती प्रदेश सरकारले हेटौँडा–का