• १२ साउन २०८१, शनिबार

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

भक्तपुर, वैशाख २५ गते । सूर्यविनायक नगरपालिका ‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदैगरेको ना ५ ख २३६१ नम्बरको निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका ‐२ घर भई हाल सूनपा ‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते बयलकोटीलाई उपचारका लागि डा ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।  

प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका ‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो । रासस