• ९ जेठ २०८१, बुधबार

चौरी संरक्षण गर्दै हेलम्बु गाउँपालिका

blog

हेलम्बु क्षेत्रको माथिल्लो भेग मेलम्ची घ्याङका चौरी । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख १९ गते ।
 लोप हुन लागिसकेको चौरीलाई हेलम्बु गाउँपालिकाले संरक्षणका काम थालेको छ । पछिल्ला समय चौरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याई चौरी र याक संरक्षणमा लाग्ने सो गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङ लगायतका स्थानमा चौरी, याक हेर्न पाइन्छ । तर अहिले हेर्न पनि नपाउने अवस्था आउन लागेको भन्दै त्यस्तो समस्या साधनामा पालिका लागिरहेको उहाँले बताउनु भएको छ । चौरीका सङ्ख्यामा कमी आइरहेको, याक लोप हुन लागेको भन्दै उक्त गापाले ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाडने् कार्य गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने शेर्पाको भनाइ छ । हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बा नै गुम्बाको गाउँ भनेर हेलम्बुलाई चिनिन्छ । हेलम्बु प्राकृतिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण र सौन्दर्यको धनी पालिका हो । त्यसमाथि हेलम्बुमा चौरी र याक पाइने क्षेत्र हो ।