• ५ जेठ २०८१, शनिबार

तेत्तिस प्रतिशत प्रगति

blog

अनिल पराजुली  

हेटौँडा, वैशाख १८ गते । नेपाली सेनाले जिम्मा लिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको चैत मसान्तसम्मको भौतिक प्रगति ३३.२० प्रतिशत रहेको छ । नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले चैत मसान्तसम्मको द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३३.०२ प्रतिशत रहेको जानकारी दिनुभयो । 

उहाँले आयोजनाको ११ वटा क्लस्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्याकेज नं. ८ क, ८ ख, ९ क, ९ ख र १० को ठेक्का व्यवस्थापन भई डिजाइन तथा पूर्वतयारीका काम भइरहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रव्रिmया सुरु हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । 

निर्माणाधीन तीन वटा सुरुङको लम्बाइ छ हजार ४१५ मिटरमध्ये चार हजार ८८६ मिटर निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । जस अनुसार महादेवटार सुरुङको तीन हजार ३५५ मिटरमध्ये हालसम्म दुई हजार १३८ मिटर, धेद्रे सुरुङको एक हजार ६३० मिटरमध्ये हालसम्म एक हजार ३९८ मिटर र लेनडाँडा सुरुङको एक हजार ४३० मिटरमध्ये हालसम्म एक हजार ३५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । 

प्याकेज नं. १० अन्तर्गत २.२२५ मिटर चन्द्राम भिर सुरुङ र प्याकेज नं. ८ ख अन्तर्गत १.३९० मिटर देवीचौर सुरुङ, सिसौटार सुरुङको खरिद सम्झौता भई डिजाइनको व्रmममा रहेको सेनाले जनाएको छ । आयोजना अन्तर्गत ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता भएको छ । हालसम्म पाँच वटा पुल निर्माण सम्पन्न भएको छ । हालसम्म निर्माणाधीन पुलहरूको कुल दुई हजार ८०२ वटा पाइलमध्ये एक हजार ७६० वटा पाइल खन्ने कार्य सम्पन्न भइसकेको छ । 

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनीमध्ये व्यक्तिगत जग्गा हालसम्म चार हजार ७८० रोपनी अधिग्रहण भइरहेको र ३९२ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । 

हाल दु्रतमार्गको सबबेस निर्माण, बायोइन्जिनियरिङ, रोड निर्माण तथा पर्खाल लगाउने र सेवा दिनका लागि अन्य सडक निर्माणलगायतका काम भइरहेको बताइएको छ ।

सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्ने गरी तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर दुई खर्ब १३ अर्ब रुपियाँ पुगेको छ ।