• २० असार २०८२, शुक्रबार

महानगरले सार्वजनिक शौचालयमा नि:शुल्क सरसफाइ सामग्री वितरण गर्ने

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख १७ गते। काठमाडौँ महानगरपालिकाले निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा सहकार्य गर्ने व्यक्ति, सङ्घ तथा संस्थाहरूलाई निःशुल्क सरसफाइ सामग्री वितरण गर्ने भएको छ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सोमबार जारी गरेको एक सूचना अनुसार महानगरसँग सहकार्य गर्न इच्छुक व्यक्ति, क्लब, बैङ्क वित्तीय सङ्घ, संस्था, सार्वजनिक निकाय, धार्मिक सङ्घसंस्था, निजी तथा सामाजिक सङ्घसंस्थाले सो सूचना प्रकाशन गर्दै सम्पर्कमा आउन अनुरोध गरेको छ।

महानगरले यस सम्बन्धमा वेबसाइटमार्फत सम्पर्क विवरण राखिएको जनाएको छ।