• ३ जेठ २०८१, बिहिबार

काउन्सिलसँगको छलफलपछि सिधाकुरा डट कमले हटायो सामग्री

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १७ गते । प्रेस काउन्सिल नेपालमा आज भएको छलफलपछि सिधाकुरा डट कमको सम्पादकीय टिमले द डार्क फाइल नामक सामग्री हटाएको छ । वैशाख १४ गते स्टिङ रिपोर्टिङ नाम दिएको सो सामग्रीमा विवाद आएपछि सो मिडियाले सामग्री हटाएको हो । 

काउन्सिल पदाधिकारीसँग सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानाले आज काउन्सिलमै गएर छलफल गर्नुभएको काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले बताउनुभयो । छलफलमा काउन्सिलले समाचारको सत्यता तथा जवाफदेहिताबारेमा जिज्ञासा राखेको उहाँले बताउनुभयो । 

काउन्सिलसँगको परामर्शअनुसार सो अनलाइनले सामग्री हटाएको सूचना वेवसाइटमा प्रकाशन गरेको छ । "सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ शृङखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ" सिधाकुराको वेवसाइटमा उल्लेख छ ।