पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।
विदेश जाने सत्र प्रतिशत बढे
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
स्थानीय सरकारमा हस्तान्तरण भई जाने ससर्त अनुदानका लागि निश्चित आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ ।
सुधारको नमुना : भक्तपुर क्यान्सर अस्पताल
केही महिनाअघिसम्म भक्तपुर क्यान्सर अस्पतालको फार्मेसी प्रायः रित्तो हुने गथ्र्याे । चिकित्सकले सिफारिस (प्रेस्क्रिप्सन) गरेका औषधी खरिद गर्न अस्पतालबाहिरका फार्मेसीमा जानुपर्ने बाध्यता थियो ।
छोराछोरी भर्ना गर्न शिक्षामन्त्रीलाई फोन
फलानो स्कुलमा भर्ना गरिदिनुपर्यो भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई अचेल निकै फोन आउने गरेको छ । उहाँलाई यस्तो फोन पहिले आउँदैनथ्यो तर शिक्षा मन्त्रालयको नेतृत्व समाल्नुभएकाले थुप्रैले फोन गर्ने गरेका छन् ।
द्रुत प्रक्रियामा नागरिकता विधेयक
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक द्रुत प्रक्रिया (फास्ट ट्र्याक) मा अघि बढ्ने भएको छ ।
दुई तिहाइ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालयका दुई तिहाइ आङ्गिक क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट
उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद भएपछि फेरि सुन तस्करीको गिरोह सक्रिय भएको खुलेको छ । मालवाहक ट्रकको ‘फल्स बटम’ मा राखेर तिब्बतको केरुङ लाने तयारीमा रहेको विदेशी मुद्रा काठमाडौँमै प्रहरीले बरामद गरेपछि तस्करी धन्दाको नयाँ शैली पनि देखिएको हो ।
मन्थली क्याम्पसमा अनेरास्ववियु विजयी
रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।
निर्मल बहुमुखी क्याम्पस अध्यक्षमा अनेरास्ववियुका भण्डारी निर्वाचित
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी हुनुभएको छ ।
'एसइईलाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य भएको छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
फोनपेको यूपीआई भुक्तानी सेवामा एकवर्षे सफलता
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (ए२ः) कारोबारको एक वर्ष पूरा गरेको छ ।
आगलागीले घर गोठ जलेर नष्ट
मकवानपुरको मकवानपुरगढीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । मङ्गलवार बिहान आगलागी हुँदा मकवानपुगढी गाउँपालिका –२ बासपानीका कृष्णबहादुर दर्लामी मगरको घरगोठ जलेर नष्ट भएको हो ।
अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल
प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ ।
जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै
नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।
रोटरी सम्मेलन चैत ८ देखि
विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल-भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।
पालुङ क्याम्पस तनावग्रस्त, तालाबन्दीपछि निर्वाचन समितिद्वारा राजिनामा
मकवानपुरको पालुङ बुहमुखी क्याम्पसमा आज मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको शपथ
प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत
शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
आठ महिनामा बीस गैँडा मरे
चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।
तस्बिरमा 'स्ववियु निर्वाचन'
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै
यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।